Logo

टिकटक किन्ने माइक्रोसफ्टको प्रस्ताव अस्वीकृत



वासिङ्टन, २९ भदौ । माइक्रोसफ्ट कम्पनीले टिकटकको अमेरिका संचालन किन्ने आफ्नो प्रस्ताव अस्वीकृत भएको जनाएको छ। वाल स्ट्रिट जर्नलमा प्रकाशित समाचारका अनुसार टिकटकको अमेरिकी संचालन अधिकार ओरेकलले पाउने भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको माउ कम्पनी बिटडान्सलाई सेप्टेम्बर २० सम्म टिकटक बन्द गर्ने वा बेच्ने समयसीमा तोकिदिएका थिए। टिकटकका प्रवक्ताले बेचबिखनका बारेमा कुनै टिप्पणी नगर्ने बताएको बिबिसीले जनाएको छ।

ओरेकल कम्पनीका अध्यक्ष ल्यारी एलिसन ट्रम्पका समर्थक हुन र उनले ट्रम्पका लागि फरवरीमा चन्दा संकलन कार्यक्रम आयोजना गरेका थिए। टिकटकका अनुसार संसारभर उसका ७ सय मिलियन प्रयोगकर्ता रहेका छन् जसमध्ये सय मिलियन प्रयोगकर्ता अमेरिकी हुन्।

प्रतिक्रिया दिनुहोस्