Logo

सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँ



काठमाडौं, २६ भदौ । शुक्रबार सुनको मूल्य प्रतितोला ९६ हजार ५ सयमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य १३ सय १० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। हाल अन्तर्राष्ट्रियमै सुनको मूल्य घटबढ भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्