Logo

सुनको मुल्य प्रतितोलाको ९६ हजार ४ सय रुपैयाँ



काठमाडौँ, २४ भदौ । बिहीबार सुन चाँदीको भाउ बढेको छ । बुधबार तोलाको ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर ९६ हजार ८ सय रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा ४ सय रुपैयाँले नै बढेर ९६ हजार ३ सय पुगेको छ । चाँदीको भाउ पनि आज १० रुपैयाँले वृद्धि भएको छ । चाँदी आज तोलामा १३ सय २५ रुपैयाँ कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८२ हजार ९९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८२ हजार ५६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ३६ रुपैयाँ कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्