Logo
  बैशाख ३०, २०७८ बिहीबार

सिकारु पत्रकारका लागि ‘पत्रकारिता’



पत्रकारिता जनमानसले विश्वास गर्ने पेशा हो । नेपालको सन्दर्भमा मानिस न्यायलय भन्दा बढी सञ्चारमाध्यमका कुरामा विश्वास गर्दछन् । तर, पत्रकारिता भित्र बेतिथी पनि धेरै छन् । चाकडी, खाम पत्रकारिता, चौथी पत्रकारिता लगायत आफु भन्दा श्रेष्ठ कोही छैन भन्ने दम्भले पत्रकारिताको स्तरलाई दिनदिनै खस्काइरहेको छ । आजभोली स्रोता पाठकले सञ्चारमाध्यमका कतिपय कुरामा प्रश्न गर्न थालेका छन् ।

नेपालमा पत्रकारिता विषय पढ्ने सबै पत्रकार छैनन् र पत्रकारितामा आवद्ध सबैले पत्रकारिता विषय लिएर पढेका पनि छैनन् । यी दुई किसिमका पत्रकारमा आन्तरिक द्वन्द्व छ । सामान्यतया कुनै विषयको विज्ञ हुन त्यस विषयको गहिरो अध्ययन गर्नु पर्छ । ज्ञान छ भने मात्र उसले त्यस विषयको मसिनो गरि विश्लेषण गर्न सक्छ । र, उ त्यस विषयको विज्ञको रुपमा चिनिन्छ ।

अर्को पाटोबाट हेर्दा औपचारिक अध्ययन नगरेपनि त्यस विषयमा लामो समयको अनुभव छ भने त्यो व्यक्ति विज्ञ हुन सक्छ । नेपालीमा एउटा उखान छ, ‘मान्छे पढेर भन्दा पनि परेर(भोगेर) धेरै जान्ने हुन्छ ।’ यी दुई कुराले गर्दा नेपाली पत्रकारिता वर्तमान समयमा फितलो बन्दै गइरहेको छ ।

पढेर पत्रकारितामा लागेकालाई त्यस विषय पढेकोमा घमण्ड छ । र, पत्रकारिताको औपचारिक अध्ययन नगरे पनि पत्रकारितामा लामो समय टिकिरहेकालाई आफ्नो अनुभवको दम्भ छ । यस्तो सोँचले पत्रकारितामा भर्खर प्रवेश गरेका र गर्न चाहनेलाई समस्यामा पार्ने गर्दछ ।

म आफैँ पत्रकारिताको औपचारिक अध्ययन नगरी यस क्षेत्रमा लागेको तीन वर्ष मात्र हुँदैछ । मैले राम्ररी नबुझेको हुन सक्छु । पत्रकारिताको विज्ञ भएर विश्लेषण गर्न खोजेको होइन, तर मैले देखेको र सतही रुपमा बुझेको कुरालाई प्रस्तुत गर्ने प्रयास गरेकी हूँ । भन्ने गरिन्छ, पत्रकारितामा गणितको जस्तो शुत्र हुँदैन, एउटा विषयलाई धैरै पत्रकारले आ–आफ्नो क्षमता अनुसार बेग्ला बेग्लै शैलीले मज्जाले लेख्न सक्छन् । यतीमात्र हो कि, स्रोता, पाठक र दर्शकले सजिलो गरी बुझ्न सकुन् ।

तर, कतिपय पत्रकारमा म भन्दा श्रेष्ठ कोही छैन भन्ने अहंकार हुन्छ । आफुलाई कसैले सिकायो भने सानो हुन्छु भन्ने भ्रम छ । एउटा वास्तविक उदाहारण दिउँ–एउटा मिडिया हाउसको सम्पादक लामो समयको अनुभवले सम्पादकको पदमा छ । त्यही मिडियाको रिपोर्टर पत्रकारिता विषयको औपचारिक अध्ययन गरेको छ ।

रिपोर्टरले पठाएको समाचार सम्पादकले सम्पादन नगरी प्रकाशित गर्दैन । रिपोर्टरलाई आफ्नो समाचार काँटछाँट गरेको चित्त बुभ्mदैन । अनि शुरु हुन्छ द्वन्द्व । किनकी दवैमा पढेको र भोगेकोमा अहम् हुन्छ । परिणाम रिपोर्टरले अलग्गै हिडिया संचालन गर्छ, अनि सुरु हुन्छ अस्वस्थ्य प्रतिस्पर्धा । पत्रकारितामा प्रतिस्पर्धा होइन, सहकार्य जरुरी छ भन्ने बुझ्न आवश्यक छ ।

मैले बुझेसम्म पत्रकारितामा लेखकको नाम (बाई नेम) भएको समचारलाई नामसहित वा मिडियाको नाम (स्रोत) खुलाएर र समाचारको हाइपर लिङ्क राखेर अन्य मिडियाको समचार आफ्नोमा प्रकाशित गर्न पाइन्छ । तर, वर्तमान समयमा एउटा अनलाइनले ब्रेक गरेको समाचार अनुमति नलिई, स्रोत र हाइपर लिङ्क नराखी अन्य अनलाइनले कपी गरेर हुवहू वा थोरै परिमार्जन गरेर प्रकाशन प्रसारण गर्ने चलन छ । यस्तो पत्रकारितालाई पत्रकारिताका अध्ययेता भानुभक्त आचार्य चौथी पत्रकारिता भन्नुहुन्छ । एउटा समाचार लेख्नका लागि स्रोत साधन जुटाउन एक पत्रकारले धेरै मेहेनत गरेको हुन्छ ।

तर, अन्य कतिपय मिडियाले पत्रकारिताका नियम विपरित स्रोत नखुलाई आफ्नो उत्पादन झै गरेर प्रकाशित गर्छन् । यहाँ ‘काम गर्ने कालु मकै खाने भालु’ भन्ने नेपाली उखान चरितार्थ भएको छ । पत्रकारितामा अरुले मेहनत गरेर प्रकाशन गरेको समाचार कपी गर्नु चोरी हो, अपराध हो, त्यसमा पनि स्रोत नखोली प्रकाशन गर्नु महाअपराध हो ।

आफुले पाएको सूचना चाँडो जनतामाझ पूर्याउनु एक पत्रकारको दायित्व हो । एउटा मात्र मिडिया हाउसले संसारका सबै सूचना दिन सक्दैन । एउटा समाचार एउटा मात्र संञ्चार माध्यममा प्रकाशित हुँदा हजारौँले हेर्न, सुन्न वा पढ्न पाउँछन् भने धेरै संञ्चारमाध्यममा प्रकाशित हुँदा लाखौँ शुसुचित हुन पाँउछन् । यदि बाइनेम, स्रोत, वा हाइपर लिङ्क राखेर कपी गर्ने हो भने आफु बढी विश्वनीय हुइन्छ । मेरो विचारमा त्यस समाचारबाट आउने सकारात्म साथै नकारात्मक टिप्पणी असली लेखक र सम्पादकले पाउँछन् । साथै, लेखकले प्रेरणा तथा भूल सूधार गर्ने मौका पाउँछन् ।

सिद्धान्ततः पत्रकारिता मर्यादा, जवफदेहिता र उत्तरदायीत्वसहितको पेशा हो । तर, नेपालको पत्रकारिता जगतमा ठुलठुला लगानीकर्ता आएका छन् । उनीहरुले मिडियामा व्यवसायीक रुपले लगानी गरिरहेका छन् । नाफामुलक ठुलो उद्योेगका रुपमा सञ्चार क्षेत्रलाई प्रयोग गरिरहेका छन् । लगानीकर्ताले लगानी गरेपछि मुनाफा खोज्नु व्यवसायीको धर्म पनि हो ।

व्यवसायीको धर्मलाई निभाउन पत्रकारिताको धर्मलाई भने कुल्चेका छन् । बाहिर पत्रकारिताको खोल, भित्र आफ्नो व्यवसायको सेटिङ । पत्रकारिता भित्रको यो विकुति नेपाली पत्रकारिताको ठुलो चुनौतिको रुपमा खडा भएको पत्रकारिताका जानकारले प्रतिक्रिया दिँदै आएका छन् । पछिल्लो समय नेपाली मिडिया जगतमा पेशाको झ्यालबाट पसेर व्यवसायको ढोकाबाट निस्कने प्रवृत्ति बढेको भन्दै आलोचना हुने गरेको छ ।

राज्यको चौथो अङ्गको रुपमा क्रियाशील पत्रकार पनि समान तर सचेत नगरिक हुन् । उनीहरुको विशेष अधिकार वा सुविधा हुँदैन । तर, पेशा भूमिका र क्षेत्रका आधारमा आम नागरिकले छुट्टै दर्जामा विशिष्ट रुपले हेर्छन् र यथेष्ट सम्मान पनि गर्छन ।

त्यही जनसम्मानलाई कतिपयले शक्ति, पावर र पहँुचको रुपमा दुरुपयोग गरेको देख्न पाइन्छ । यसले समग्र पत्रकारिता जगतलाई नै कमजोर बनाइरहेको छ । पत्रकारिता उच्च नैतिकतासहितको आस्था, विश्वास र प्रतिबद्धता हो भन्ने बुझ्न आवश्यक छ ।

अब चर्चा गरौँ पत्रकारितामा भर्खर प्रवेश गरेका र गर्न चाहनेकोे चुनौती विषयमा । भनिन्छ, खाली दिमागमा जस्तो विज छर्न सक्यो, त्यस्तै उम्रन्छ । पत्रकारिताको सिकारु पत्रकार कतिसमय टिकिरहन्छ भन्ने कुरा उलाई गाइड गर्ने अगुवाको क्षमतामा पनि भर गर्दछ ।

पत्रकारितामा भएको निरन्तरताबाट धेरै सिक्न सकिन्छ तर पत्रकारिताको गणितको जस्तो शुत्र नभएकाले सिकेका कुरा नै बाज्न थाल्छन् । त्यहिकुरा एक जनाले हुन्छ अर्कोले नियम विपरित हो भन्छन् ।

पत्रकारितामा गणित जस्तो सूत्र नभएपनि, लेखनशैली फरक फरक हुन सक्छ तर पत्रकारिताका निश्चित सिद्धान्त हुन्छन्, तिनै सिद्धान्तका आधारमा पत्रकारिताको अभ्यास हुने गर्दछ । एकरुपता नभएकाले गर्दा पनि नयाँले अब के सिक्ने के निरन्तरता दिने ? र भावी पुस्तालाई के सिकाउने ? भन्ने कुरामा अन्योलमा परिरहेका छन्् ।

मलाई पत्रकारितामा प्रवेश गर्ने बिक्तिकै यस क्षेत्रमा प्रवेश नगर्नु, भविश्य छैन भनेर सुझाब दिने धेरै पत्रकार हुनुहुुन्थ्यो । मैले प्रतिप्रश्न गरे कति समय देखि निरन्तरता दिईरहनु भएको छ ? उत्तर ८ देखि १८ वर्षसम्म । मनमा प्रश्न उठ्यो भविश्य नदेख्नेले किन यत्रो समय निरन्तरता दिएको होला रु यो कुराले नयाँ जोश लिएर प्रवेश गर्ने शुरुमै हत्तोस्साहित हुन सक्छन् । कुनै पनि काममा भविश्यको कुरा भन्दा आत्मासन्तुष्टि हुन जरुरी छ ।

जसले लामो समयदेखि पत्रकारितालाई आस्था, विश्वास र मर्यादित पेशा बनाएका थिए, तिनको पत्रकारिता पेशा संङ्कटग्रस्त बनेको छ । योग्यता र अनुभवका आधारमा भन्दा पनि ठुला मिडियामा काम गर्ने पत्रकार र सानो मिडियामा काम गर्ने पत्रकारबीच वर्गीय असमानता सृजना भइरहेको छ ।

एउटा हातका आँैला त समान हुँदैनन् भने भिन्न परिवेशमा हुर्केका मानिसको मानशिकतामा समानता हुने कुरै भएन । जसरी हातका आँैला असमान भए पनि मिलेर एउटाहातलाई पूर्णता दिएको हुन्छ । त्यसरी नै सबै परिवेशका पत्रकार मिलेर काम गर्ने हो भने पत्रकारिताबाट गुम्न लागेको विश्वास बच्न सक्थ्यो कि ..।

प्रतिक्रिया दिनुहोस्