Logo

महेन्द्र कालिन अदालतमा जनजातिको राडी र गाईको त्यो कथा !



फायल तस्वीर

राजाको अगाडि बाबु बैरी

राजा महेन्द्रले राज्याभिसेक गरेपछि देशाटन गर्ने मनसुवा राखे । दरबारका भारदार, चाटुकार, हुक्के, चिलिमे, बैठके सबैले राजाको अगाडि हो मा हो मिलाए । राजाको अगाडि ‘बाबु बैरी’ भने जस्तै नयाँ राजाको कुरो काट्ने हिम्मत नहुनु अस्वाभाविक थिएन । राजाले सवारी चलाउने उर्दी कसे ।

लेखक बराल

हात्ती घोडा, बन्दूक बन्दोबस्तीको समान तयार भयो । भोलीपल्ट बडा गुरु ज्यूलाई बोलाएर सवारी चलाउने साइत हेराइयो । राजाको मनसुवा बुझेका चलाक राज ज्योतिषीले तुरुन्त साइत निकाले । राजाले उपत्यका पूर्व घुम्ने इच्छा थाहा पाएकाले उतैतर्फको सवारी उपयुक्त हुने साइत परेको जोग निकाले । राजा महेन्द्रको लावालस्कर निस्कियो । चार भञ्ज्याङको बाटो भएर चारकोशे झाडीमा सिकारको मनोरञ्जन लिँदै सप्तकोशी पूर्वको पल्लो किरातको पहाड तिर टोली हान्नियो । राजा महेन्द्रलाई पल्लो किरातको स्वायत्तता अन्त्य गरेर राजतन्त्रको केन्द्रीय सत्तालाई अरु मजबुत बनाउनु थियो । तर, पल्लो किरात पुगेपछि राजा थोरै निरास भए । तैपनि आफ्नो अभियानलाई उनले जारी राख्ने विचार गरे ।

किरातीहरु सबै लाखापाखा :

गण्यमान्य किरातीहरु परिवर्तनको पक्षमा लागेका थिए । राणा विरोधी आन्दोलनमै हतियार उठाएर सहभागिता जनाएका किरातीहरुले महेन्द्रलाई सघाउने कुरै भएन । फेरी पल्लो किरातको किपट व्यवस्था विरुद्ध जाने किरातीहरुको साहस नहुनु स्वभाविकै थियो । राणाकालीन समयमा कज्याइएका किरातीहरुको जनाधार उस्तो थिएन । तैपनि काम चलाउ सहयोगीको खोजीमा महेन्द्र थिए । उनले पल्लो किरातको गाउँ चाहार्दै केही किरातीलाई आफ्नो पक्षमा पार्ने मनसुवामा लागे । यसमा पछि सफलता हासिल पनि गरे । तर त्यो कथाको प्रसंग बेग्लै ठाउँमा आउँछ ।

फायल तस्वीर

ढुङ्गा खोज्दा सिलाजित :

यस्तै अभियानमा पल्लो किरातमा थातथलो खुलेका एउटा किराती भेटे । तिनको चलाखी देखेर महेन्द्रले सिधै हुकुम प्रमाङ्गीमार्फत उनलाई कानूनी फाँटको जिम्मेवारी दिए । तिनै किरातीलाई कज्याउँदै उनले न्यायधिसमा पदोन्नती गरिदए । राजा महेन्द्र र किराती दुबै पात्र एकअर्कालाई ढुङ्गा खोज्दा सिलाजित भेटे जस्तै भयो ।

गढी डाँडामा अदालत :

समय वित्दै गएको थियो । हालको सिन्धुली जिल्ला अन्तरगतको सिन्धुली गढी तत्कालीन समयको हालको जनकपुर अञ्चलको पहाडि भूभागको प्रमुख प्रशासनिक केन्द्र थियो । त्यो प्रशासनिक केन्द्रमा अदालत पनि थियो । त्यही अदालतको मूख्य न्यायधिसमा ती किराती सरुवा भै गएका थिए ।

झगडिया बाहुनले न्यायधिसलाई लैनो गाई टक्रयाए । मुद्धा चल्यो तर फैसला लैनो गाई बुझाउने बाहुनले जिते । यो कुरा थाहा पाएपछि गुरुङ खर्कबाट सिधै गढी अदालत पुगे र तिनै न्यायधिसलाइ भेटेर भने, ‘कसरी मुद्धा हारियो मैले त राडी टक्रयाएको थिएँ । हजुरले जिताइ दिन्छु भनेर ढुक्क पार्नु भएको थियो ।’ यता न्यायधिसले रौबकासाथ भनेछन्, ‘हेर मुखिया गाइले राडी खायो ।’

उनी कार्यरत रहेकै बेला ओखलढुङ्गाको एउटा चरन खर्कमा एकजना बाहुन र अर्का मुखिया (गुरुङ)को स्वामित्वलाई लिएर झगडा मच्चिएछ । झगडा नमिलेपछि अदालतमा मुद्धा मामिलाको रुप लियो । वर्षौंदेखि आफैले हकभोग गर्दै आएको जग्गाबाट बेदखल हुने देखेपछि गाउँकै जान्ने बुझ्ने बाहुनसँग सल्लाह लिन मुखिया पुगेछन । ती चलाख बाहुनले न्यायधिसलाई घुस खुवाउन सके मुद्धा जितिने सल्लाह दिएछन । मुखियासँग भेडा च्याङग्रा बाहेक घुस खुवाउने नगद नारायण थिएन । तिनै बाहुनले कोठाभरी ढाक्ने राडी न्यायधिसलाई दिए मुद्धा जित्ने सल्लाह दिएछन । मुखियाले पनि गजबको ठूलो राडी बुनेर न्यायधिसलाई टक्रयाउन गढी अदालत पुगे । राडी लिँदै न्यायधिसले पनि गदगद हुँदै मुद्धा जिताइ दिने अश्वासन दिए । यसरी ढुक्क भएर गुरुङ खर्क फर्किए ।

उता चलाख बाहुनसँग सल्लाह लिन अर्का झगडिया पनि तिनकैमा पुगेछन् । बाहुनसँग पनि नगदनारायण थिएन । तिनै चलाक बाहुनले दुहुना गाई न्यायधिसलाई दिए मुद्धा जित्ने सल्लाह दिएछन् । झगडिया बाहुनले न्यायधिसलाई लैनो गाई टक्रयाए । मुद्धा चल्यो तर फैसला लैनो गाई बुझाउने बाहुनले जिते । यो कुरा थाहा पाएपछि गुरुङ खर्कबाट सिधै गढी अदालत पुगे र तिनै न्यायधिसलाइ भेटेर भने, ‘कसरी मुद्धा हारियो मैले त राडी टक्रयाएको थिएँ । हजुरले जिताइ दिन्छु भनेर ढुक्क पार्नु भएको थियो ।’ यता न्यायधिसले रौबकासाथ भनेछन्, ‘हेर मुखिया गाइले राडी खायो ।’ मुखिया त्यहीँबाट निरास हुँदै खर्क नफर्की मुङलान भास्सिए । एउटा जनजातिको तेजोबध यसरी भयो । यहि कथा सुनेका गाउँलेले यो कथालाई गीतमा ढाले । आजपनि यो गीत सिन्धुली, रामेछाप र ओखलढुङ्गाका गाउँघर मेलापातमा सुन्न सकिन्छ । गीत यस्तो थियो :

रामेछापको डाँडैडाँडा भर्यो पुलिस दाइले
गढी डाँडा अदालतमा राडी खायो गाईले ।

फायल तस्वीर

अर्का जनजातिको व्यथा :

राजाको हुकुमबाट अदालत छिरेका तिने न्यायधिसले आफ्नो अर्दली बनाउन माझ किरात थातथलो भएका तर अरुण पूर्व बसै सरी गएका एकजना किराती युवकलाइ आफ्नो बसमा पारेछन । उनकै बसमा परेर ति युवक पनि जागिर लगाइ दिने सर्तमा न्यायधिसको सेवा चाकरीमा उनीसँगै गए ।

रहँदा बस्दै जाँदा उनको जिवन यतिकै सेवा चाकरी मै वित्दै गयो । जागिर भएपछि घरजम बसाउने मिठो सपना बुन्दै जिवन ‘कुमारै’ विताउँदै गए । धेरै समयपछि न्यायधिसले अवकास पाए । ती किरातीको सपना भताभुङ्ग भयो । युवक किरातीको बैंशालु उमेर पनि ढल्किदै गएको थियो । केही नलागेपछि उनी पनि न्यायधिससँगै उनकै घरदलानको बाटो तिर लागे । अरुणपूर्वको पहाडि भूभाग छिचोल्दै न्यायधिसको गाउँनेर आइपुगे पछि न्यायधिसलाई सुरक्षार्थ दिएको बन्दुकमा किरातीले बारुद भरे ।

यायधिसले के गरेको भनेर सोद्धा बाटोमा जंगली जनावरले आक्रमण गर्ला भनी बारुद भरेको भनेर आश्वस्त बनाए । केही पर पुगेपछि न्यायधिसलाई पछाडिबाट ताकेर बन्दुकको टिगर दवाए । न्यायधिसको इहलिला त्यहीँ समाप्त भयो । घरसम्म पुग्न पाएनन । अर्दली किरातीले प्रहरी समक्ष आत्मसमर्पण गर्दै आफ्नो बयान दिए । जेलमै उनको पनि इहलिला समाप्त भयो ।
आफ्नो भोगचलनको खर्कको झगडाले गुरुङ मुङलान भास्सिए । उनको कुनै अत्तोपत्तो भएन । न्यायधिसको इहललिा आफ्नै अर्दलीबाट समाप्त भयो । अर्दली किरातीको जेलबासमै जीवन गयो । यो कथा सुनेका उतिबेलाका ओखलढुङ्गा घर भएका प्रगतिशील गीतकार, गायक तथा संगीतकार रामेश श्रेष्ठले गीत बनाए ।

बाहुनको छोराले बाहुन कै छोरालाई ठग्छ
जनजातिको छोराले जनजातिकै छोरालाई ठग्छ
वर्गीय समाजमा वर्गीय प्रेम मात्रै न्यानो र चोखो हुन्छ ।

फायल तस्वीर
प्रतिक्रिया दिनुहोस्