Logo
  बैशाख ३१, २०७८ शुक्रबार

के हो प्लाज्मा थेरापी र किन गरिन्छ ?



विश्वव्यापी कोभिड १९ महामारीको त्रास हाम्रो देशमा पनि फैलिरहेको छ । यस्तो अबस्थामा हामी सबै यस रोगलाई हराउन लागि परेका छौंं । यस समय सबैभन्दा बढी भूमिका फ्रन्टलाइनमा काम गरिरहेका चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मीको रहेको छ । उपचारमा सहज बनाइदिने नेपाल रेडक्रस सोसाइटी (बल्ड बैँक), औषधि व्यवसायी आदिको भूमिका पनि महत्वपूर्ण रहेको छ ।

महामारी रोकथाम र कोभिड १९ को उपचारका अनेक प्रयासहरुको बिच हामीले धेरै जस्तो सुन्दै आईरहेकोछौ कि प्लाज्मा थेरापी (plasma Therapy treatment ) ले धेरैको ज्यान जोगाउन सफल भएको छ ।

के हो र किन गरिन्छ प्लाज्मा थेरापी ?
कोरोना भनेर हामीले सुनिरेहेको यो एक प्रकारको भाईरस हो । जुन भाईरसले हाम्रो फोक्सो (Lungs) र स्वासप्रस्वास (Respiratory system) मा समस्या उत्पन्न गराउँछ । जब भाइरस हाम्रो शरीरमा प्रवेश गरेपछि हाम्रो शरीरले उक्त भाइरसको विरुद्धमा धेरै भन्दा धेरै ९ब्लतष्दयमथ० निकाल्न थाल्छ ।

भाईरसलाई नष्ट गर्ने यस्ता एन्टिवडी (Antibodies ) चहिँ ब्लड प्लाज्मा (plasma) मा मात्र पाईन्छ । जो मानिसले कोरोनालई जितेर आएको हुन्छन् । र, उनीहरुको शरीरले धेरै भन्दा धेरै यस्ता एन्टीवडी (Antibody) निकालेको हुन्छ र त्यस्ता मानिसको रगत बाट निकालिएको पाल्जमा (plasma) कोरोनाका बिरामीको शरीरमा संचार गराउने हो भने संक्रमितको शरीरमा भएका कोरोना भाइरसलाई नष्ट गर्न यस्ता एन्टिबडिले सहयोग गर्छ र संक्रमणबाट मुक्त गराउने प्रक्रियालाई तिब्रता दिन्छ ।

कोरोनाका संक्रमित मात्र नभएर अन्य गम्भिर प्रकृतिका बिरामीमा पनि प्लाज्मा थेरापी गर्न सकिन्छ । हामीले सामन्य रुपमा यसलाई एउटा रोगसँग लड्ने क्षमता बढाउने उपचार भनेर बुज्दा पनि फरक नपर्ला ।

रक्तसंचार केन्द्र र रक्तदाताको अनुभव
नेपाल रेडक्रस सोसाइटीले देश भर रक्तसंचार केन्द्र संचालन गर्दै आएको छ, र अन्य धेरै संस्थाहरु पनि छन् जसले रगत खोज्न् सहयोग गर्दै आएका छन् । बिगत केही समय यता महामारी दिन प्रतिदिन बढिरहेको छ । यसको कुनै औषधि नभएको कारणले प्लाज्मा थेरापीबाट धेरैको ज्यान बचेको खबर सुनेकाछौँ ।

हामीले तत्कालको अवस्था हेर्नु पर्दा रगत अति आवश्यक छ । जो कसैलाई जस्तो सुकै अवस्थामा पनि रगत चाहिन् सक्छ । अझ यो महामारीमा कारगर भइरहेको प्लाज्मा रगतको लागि छुट्टै प्रविधिका उपकरण आवश्यक पर्ने हुँदा सो क्षमतामा नेपाल सरकार वा रेडक्रस सोसाइटी पुर्णतय तयार नभएको भन्ने देखिन्छ ।

सबै तिर यो उपकरण उपलब्ध नहुँदा जति आवश्यक छ त्यति र जहाँ जहाँ आवश्ययक छ त्यहाँ प्लाज्मा उत्पादन् गर्न सकिरहेको छैनौं । रगत छ त्यसलाई पाल्जा बनाएर व्यवस्थापन गर्ने ठाउँ छैन् । अर्को तिर जनचेतनाको कमिले संक्रमणमुक्त भएका सबै सक्षम व्यक्तिले रक्तदान पनि गरिरहेका छैनन् । हुन त यसमा केही भित्री समस्या पनि होलान् तर सेवा सुविधा चाहिएको बेला नपाउँदा अलि सहज हुँदैन । हामीले देख्दा व्यवस्थापनको कमि भए जस्तो बुझिन्छ ।

सामान्य रगत पनि हामीले सहज र आवश्यक्ता अनुरुप पाइरहेका छैनौं भने प्लाज्मा कसरी पाउँछौं भन्ने प्रश्न उब्जनु अस्वभाविक होइन । यसप्रति म एक स्वास्थ्यकर्मी भएको कारणले नेपाल सरकार अनि नेपाल रेडक्रस सोसाइटी लगायत सम्पूर्ण रक्तदान गराउँने सस्थाको ध्यानाकर्षण होस् भन्ने चाहन्छु ।

रक्तदान किन गर्ने ?
हामीले रक्तदान गर्न एक्दमै जरुरी छ किनभने हामीले कसैको जीवन जोगाउन् स्वास्थ्यकर्मी नै हुनुपर्छ भन्ने छैन् । एक थोपा रगतले कसैको मुहारमा हाँसो ल्याउन सक्छौं । हाम्रो शरीरले हामीले रक्तदान गरेको ४८ घण्टामा रगत बनाइसकेको हुन्छ ।

हामीले नियमित रक्ततदान गर्यौ भने मुटुको रोग, कोलिस्टर् , क्यानसर आदि जस्ता रोगबाट बच्न सकिन्छ । हामीले हरेक तीन तीन महिनामा रक्तदान गर्न सक्छौं । कुनै पनि दिर्ग रोग, आौषधि खाइराख्नु भएका बिरामीले भने रक्तदान गर्न मिल्दैन् ।

अझ संक्रमणबाट मुक्त भएकाले गरेको रक्तदानले त अर्को संक्रमितको जिवन जोगाउन प्रत्यक्ष रुपमा भूमिका खेल्न सक्छ ।
यो बिपद र जोखिमको अबस्थामा सम्पूर्ण स्वास्थ्यकर्मी , अस्पताल, रक्तसंचार केन्द्र, औषधी व्यवसायी, आम जनता सबैले आफ्नो भूमिका राम्रोसँग बहन गरौँ र म चाहन्छू नेपाल सरकारको पनि ध्यानाकर्षण होस् । लेखक पोखरेल युथ फर ब्लड बिराटनगरका भोलेन्टियर हुन् ।

प्रतिक्रिया दिनुहोस्