Logo

कोरोना संक्रमणबाट एकै दिन आठ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो



काठमाडौँ, २८ साउन । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ । पछिल्लो २४ घण्टामा आठ जनाको कोरोनाकै कारण मृत्यु भएको जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा धनुषाका दुई जना, काठमाडौं, धादिङ सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक(एकजना रहेका छन् ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका १२ टेकु निवासी ७८ वर्षीया महिलाको साउन २८ गते किष्ट मेडिलकल कलेज शिक्षण अस्तपालमा मृत्यु भएको छ ।

धादिङका ३२ वर्षीय पुरुषको साउन २७ गते ह्याम्स अस्पतालमा मृत्यु भएको छ ।

धनुषाको जनपुर उपमहानगरपालिका १ का ७१ वर्षीय पुरुषको साउन २८ गते ललितपुरको मेडिसिटी अस्पतालमा मृत्यु भएको छ ।

धनषाकै जनकपुर उपमहानपालिका(८ का ३८ वर्षीया महिला साउन २८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्तपतालमा मृत्यु भएको छ ।

सप्तरीको राजविराज (६ ७२ वर्षीय पुरुषको साउन २७ गते राति मृत्यु भएको छ ।

मोरङ बुढीगंगा गाउँपालिकाका ५५ वर्षीय पुरुषको साउन २८ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।

कपिलवस्तु कपिलवस्तु नगरपालिका (२ तौलिहवाका ४२ वर्षीय पुरुषको साउन २८ गते बुटवल कोभिड(१९ विशेष अस्पतालमा मृत्यु भएको छ ।

बाराको कलैया उपमहानगरपालिकाका ७५ वर्षीय पुरुषको साउन २७ गते किष्ट डिलकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेमो संख्या ९१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्