Logo

कोरोना संक्रमणबाट पूर्वमेयर गिरीको निधन, शोकमा जनकपुर



जनकपुर,  २८ साउन । समाजसेवी कृष्ण गिरीको मृत्युको खवरले जनकपुरमा शोक छाएको छ ।

कोरोना सङ्क्रमण देखिएपछि साउन ५ गते विमान चार्टर गरेर उनलाई काठमाडौंस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको ७३ वर्षको उमेरमा गएराति निधन भएको परिवारले जनाएको छ । उनको दुई छोरा र एक श्रीमती छन् ।

नेपाल परिवार नियोजन सङ्घ धनुषाको संस्थापक अध्यक्ष हुनुका साथै लगातार २५ वर्षसम्म अध्यक्ष भएर सफलतापूर्वक भूमिका निर्वाह गरेका गिरी सो संस्थाको केन्द्रीय उपाध्यक्षमा समेत भइसकेका छन् । विसं २०४४ देखि २०४६ सम्म जनकपुर नगरपालिकाका मेयर रहेका उन नेपालमा पुनः प्रजातन्त्र स्थापना भएपछि नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका थिए ।

नेपाली काँग्रेस धनुषाको महासमिति सदस्य रहेका गिरी जनकपुरस्थित रामा होटलका सञ्चालक रहेका थिए । जनकपुरका साथै धनुषा जिल्ला समाजसेवाको क्षेत्रमा उनको महत्वपूर्ण योगदान रहेको छ । उनको निधनले जनकपुरलाई धेरै क्षति भएको उल्लेख गर्दै रामयुवा कमिटि जनकपुरका पूर्वअध्यक्ष प्रमोद चौंधरीले कृष्ण गिरी निष्ठावान, इमान्दार एवम् स्वच्छ छविका समाजसेवी थिए ।

प्रतिक्रिया दिनुहोस्