Logo

प्रदेश नम्बर १ मा कोरोना संक्रमितको संख्या एक हजार ६११ पुग्यो



विराटनगर, २८ साउन । प्रदेश नम्बर १ मा बुधवार सम्म कोरानो भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ६ सय ११ पुगेको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताका अनुसार बुधवार सम्म संक्रमितहरु एक हजार ६११ जना पुगेका हुन् ।

सामाजिक विकास मन्त्रालयले जानकारी गराए अनुसार बुधवार प्रदेशमा ४८ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितहरु मोरङका २४, सुनसरीका १४, झापाका ९ र प्रदेश १ बाहिरका एक जना छन् ।

बुधवार मोरङको विराटनगर महानगरपालिकामा १२ पुरुष, रंगेली नगरपालिकामा ७ पुरुष र ३ जना महिला छन । स्थानीय तह नखुलेका २ जना पुरुष छन् ।

यसैगरि सुनसरीको धरान उपमहानगरपालिकामा पाँच पुरुष चार जना महिला संक्रमित फेला परेका छन् । दुहवी नगरपालिकामा ३ जना र कोशीगाउँपालिकामा दुई जना पुरुष संक्रमित भएका छन् ।

प्रदेश नम्बर १ मा बुधवार सम्म कोरोना भाइरस संक्रमणबाट नौ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्