Logo

प्रदेश १ मा ६१ जना संक्रमित थपिए



विराटनगर, २४ साउन । आज प्रदेश नम्बर १ मा ६१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। संक्रमित हुनेहरुमा ४७ जना पुरूष र १४ जना महिला रहेका छन् ।

शनिबार थपिने संक्रमितमा सबैभन्दा धेरै मोरङका ४८ जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ। सुनसरीका १०, मोहोत्तरीका २ र राजविराजका १ पुरूषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १३ सय ७३ पुगेको छ। त्यसमध्ये ९०८ जना कोरोना संक्रमण मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्