Logo

उपत्यकामा थप ६२ जना संक्रमित



काठमाडौँ, २४ साउन । काठमाडौँ उपत्यकामा शनिबार थप ६२ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा उपत्यकाको काठमाडौँ जिल्लाका ५६ जना, ललितपुर र भक्तपुरका तीन–तीन जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका २९ जना, स्टार अस्पताल सानेपामा काठमाडौंका १२ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौँका चार जनामा संक्रमण देखिएको हो ।

त्यसैगरी पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका पाँच जना र ललितपुरका चार जनामा संक्रमण पुष्टि भएको मन्त्रालयलका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका एक, वीर अस्पताल प्रयोगशालामा काठमाडौँका एक, बिध ल्याबमा काठमाडौँका दुई जनमा संक्रमण देखिएको हो ।

नेपाल कोरिया मैत्री अस्पतालमा काठमाडौँका दुई र भक्तपुरका तीन जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्