Logo

विराटनगरमा सङ्क्रमणवाट थप एक जनाको मृत्यु



विराटनगर, २३ साउन । विराटनगरमा एक जना सङक्रमितको आज मृत्यु भएको छ ।

कोशी अस्पताल विराटनगरमा उपचारका लागि ल्याइएका ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले बताए ।

विराटनगर–९ निवासी ती व्यक्ति एक हप्तादेखि ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याबाट पीडित रहेका थिए । आज उनको मृत्यु भएपछि शव व्यवस्थापनको लागि आवश्यक प्रक्रिया शुरु गरिएको अस्पतालका मेसु डा. दासले बताए । विराटनगरमा कोरोना सङ्क्रमणबाट आजसम्म तीन जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्