Logo

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७० पुग्यो



काठमाडौँ, २३ साउन । कोरोना भाइरस संक्रमणाट थप पाँच जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा पर्सा जिल्लाका तीन, सर्लाहीका एक र सिरहाका एक जना छन् ।

पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ९ का ४५ वर्षीय पुरुषको बिहीबार पाटन अस्पतालमा निधन भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । उनी मधुमेह र उच्च रक्तचापका विरामी थिए ।

त्यसैगरी पर्साकै वीरगन्ज महनगरपालिका ११ का ७९ वर्षीय पुरुषको २० साउनमा घरमै निधन भएको थियो । उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

वीरगन्ज महानगरपालिका ११ कै अर्का ५७ वर्षीय पुरुषको उपचारकै क्रममा बिहीबार वीरगन्जस्थित गण्डक अस्थायी कोभिड अस्पतालमा निधन भएको गौतमले जानकारी दिए । उनी मधुमेह, उच्च रक्तचाप र मुटुको बिरामी रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी सिरहा जिल्लाको गोलबजार नपा १२ बस्ने २५ वर्षीय पुरुषको पनि बिहीबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निध भएको छ । मिर्गौलाका विरामी भइ नियमित डायलासिस गराउने उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

त्यसैगरी सर्लाही जिल्लाको बसन्तपुर घर भएका ४५ वर्षीय पुरुषको शुक्रबार पाटन अस्पतालमा उपचारकै क्रममा निधन भएको गौतमले बताए । गौतमले कोरोना संक्रमण भएर हालसम्म निधन हुनेको संख्या ७० पुगेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्