Logo

मेचीनगरका एक स्थानीयसहित झापाका दुई जनामा कोरोना संक्रमण



झापा, २३ साउन । झापामा आज थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा संक्रमणको पुष्टि भएको हो ।

आज संक्रमण पुष्टि भएकाहरुमा मेचीनगर नगरपालिकाका १५ वर्षीय पुरुष र बिर्तामोड नगरपालिकाका २६ वर्षीय पुरुष रहेको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । चम्लागाईका अनुसार बिर्तामोडका पुरुष भारतबाट आएका हुन् भने अर्का मेचीनगरै स्थानिय बासिन्दा रहेको छन् ।

सबै अस्पताल भरिभराउ रहेकाले हालसम्म पनि उनीहरुलाई थप उपचारको लागि कहाँ पठाउने भनेर टुङ्गो नलागेको फोकल पर्सन चम्लगाईले बताए । योसँगै झापामा कोरोना संक्रमितको कुल संख्या ३९३ पुगेको छ भने डिस्चार्ज हनेको संख्या ३४० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्