Logo

प्रदेश नं १ मा ५७ जना सङ्क्रमित



विराटनगर, १९ साउन । प्रदेश नं १ मा सोमवार ५७ जनामा सङ्क्रमण देखापरेको छ ।

प्रदेश नं १ मा आज गरिएको ९५१ जनाको पिसिआर परीक्षणमध्ये १८ महिलासहित ५७ जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले बताए । सङ्क्रमित देखिएकामध्ये मोरङमा ४६, झापामा छ र सुनसरीमा पाँचजना रहेका छन् ।

मोरङको विराटनगरका छ महिलासहित २२, रङ्गेलीका नौ महिलासहित २२, कटहरीका दुई महिला, झापाको अर्जुनधाराका पाँच, विर्तामोडका एक महिला, सुनसरीको इटहरीका तीन, धरान र इनरुवामा एक÷एकजनाको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता डा मेहताले जानकारी दिए ।

प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक हजार १२८ पुगेको छ । प्रदेशबाट आज आठजना सङ्क्रमित निको भई घर फर्केका छन् । यसरी घर फर्कनेमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट तीन महिलासहित आठजना रहेका छन् ।

प्रदेशमा निको हुने सङ्क्रमितको सङ्ख्या ८२९ पुगेको छ । प्रदेशमा हालसम्म ४५ हजार ७७१ जनाको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्