Logo

मेलम्ची पहिरोमा हराइरहेका १ भारतीयसहित ८ जनाकै शव निकालियो



सिन्धुपाल्चोक, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा परेर बेपत्ता भएका ८ जनाकै शव पहिरोबाट निकालिएको छ ।

पहिरोमा पुरिएर वीरगञ्जका प्रदीप चौरसिया, बिक्रम थिङ, राजेश चौधरी, मानबहादुर रुम्बा, सिमन घलान, शिवबालक धामी र सोनम लामाको मृत्यु भएको छ । त्यस्तै भारतीय नागरिक राजेन्द्र चौरसियाको पनि मृत्यु भएको छ ।

घाइते हुने बारु साह पनि भारतीय नागरिक नै हुन् । उद्धार गरिएका साहलाई मेलम्चीमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाएको मेलम्ची–११ का अध्यक्ष रुद्रप्रसाद दुलालले जानकारी दिए ।

लगातारको वर्षासँगै आइतबार राती पहिरो खस्दा मजदुरहरु बसेको टहरो नै परिाँदा ९ जना पुरिएका थिए । यसअघि ५ जनाको मात्रै शव निकालिएको भए पनि अहिले सबैको शव निकालिसकेको वडा दुलालले जानकारी दिए ।

पुरिने सबै कभर्ड हल निर्माणमा कार्यरत मजदुरहरू हुन् । उनीहरु वाग्मती प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्ड हल बनाउन खटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्