Logo

समुदायमा संक्रमण फैलिएपछि बिर्तामोडमा लकडाउन



बिर्तामोड, १८ साउन । समुदायमा कोरोना संक्रमण देखिएपछि बिर्तामोड नगरपालिकाले आइतवार राती १२ः०० बजेबाट अनिश्चितकालिन लकडाउन घोषणा गरेको छ ।

बिर्तामोडमा नगरमा संक्रमणको जोखिम बढेपछि लकडाउन गर्ने निर्णय गरेको नगर प्रमुख ध्रुव कुमार शिवाकोटीले बताए । बिर्तामोडमा संक्रमितसँगको ट्रेसिङ, टेस्टिङ गर्न अर्को सूचना प्रकाशित नहुन्जेलका लागि लकडाउन हुने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्