Logo

बिर्तामोडको क्वारेन्टिन सुरक्षाका लागि खटिएकी महिला प्रहरीमा कोरोना सङ्क्रमण



बिर्तामोड, १७ साउन । बिर्तामोडमा रहेको क्वारेन्टिन सुरक्षाका लागि खटिएकी २४ बर्षकि एक जना महिला प्रहरी जवानमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सँगै झापामा संक्रमितको संख्या ३६९ जना पुगेको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार क्वारेन्टिन सुरक्षाका खटिएकी ती महिला प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको साथै थप उपचारकालागि बि.पि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लगाइले जानकारी दिए ।

विगत केही दिनदेखि सुरक्षा निकायका धेरै कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ । यसअघि झापाका ३२ जना सशस्त्र प्रहरीमा संक्रमण पुष्टि भएको थियो । पहिलो पटक झापामा जनपथ प्रहरीमा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्