Logo

सभामुखको सुरक्षार्थ खटिएका प्रहरीलाई पनि कोरोना संक्रमण



काठमाडौं, १७ साउन । सभामुख अग्नसप्रसाद सापकोटाको सुरक्षार्थ खटिएका प्रहरीमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सभामुख सापकोटाको अगुवा गाडीमा रहने प्रहरीलाइ कोरोना पुष्टि भएको हो । प्रहरी स्रोतका अनुसार संक्रमित प्रहरी साउन ६ गतेसम्म सभामुखको अगुवा सवारीमा सुरक्षार्थ खटिइरहेको थिए । उनीसँग सम्पर्कमा आएका सबैको स्वाव संकलन गरिएको र उनीहरुको रिपोर्ट भोलिसम्म आइसक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्