Logo

एफ ए कपको उपाधिका लागि चेल्सी र आर्सनल भिड्दै



काठमाडौँ, १७ साउन । एफ ए कप फूटबलको फाइनल खेल आज हुँदैछ ।

वेम्वली स्टेडियममा हुने खेल राति सवा १० बजे उपाधिका लागि लण्डन क्लब चेल्सी र आर्सनल भिड्दैछन् । प्रिमियर लिगमा शीर्ष ८ मा रहेको आर्सनल उपाधि जीत्ने योजनामा छ ।

आर्सनलका प्रशिक्षक मिकेल अर्टेटा र चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्ड दुवै जना प्रशिक्षकको रुपमा पहिलो उपाधि उचाल्न लालायित छन् ।

प्रतिक्रिया दिनुहोस्