Logo

सांसद यादवसहित ६४ जनालाई कोरोना संक्रमण



काठमाडौँ, १७ साउन । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले आफु कोरोना संक्रमित भएको बताएका छन् । उनले आफ्नो फेसबुकमार्फत कोरोना संक्रमित भएको पुष्टि गरेका हुन् ।

‘मैले आफ्नो पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन।

म आफ्नै घरमा आइसोलेसनमा बसिरहेको छु,’उनले फेसबुकमा लेखेका छन्। तर, कुन अस्पतामा गरिएको परिक्षणमा उनी संक्रमित रहेको पत्ता लागेको त्यो भने उनले उल्लेख गरेका छैनन् ।

यादवले आफू चाँडै कोरोना मुक्त हुने र जनताको सेवमा फर्कने बताउँदै सबैलाई जोखिमलाई ध्यानमा राख्दै मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न सुझाएका छन्।

नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताए ।

सांसद यादवले शुक्रबार बिहान परीक्षणका लागि स्वाब दिएका थिए । सांसद यादवका अंगरक्षक र चालकमा पानि कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेमा एक जना चिकित्सक पनि छन् ।

प्रतिक्रिया दिनुहोस्