Logo

तनहुँमा माक्स नलगाई हिड्ने १७२ जनालाई कारवाही



तनहुँ, १६ साउन । जिल्ला प्रहरी कार्यालय तनहुँले बिना माक्स हिड्डुल गर्ने एक सय ७२ जनालाई कारवाही गरेको छ । माक्स नलगाई हिड्डुल गर्ने तथा सवारी साधान चलाउने व्यक्तिलाई बुधबार र बिहीबार गरी दुई दिनमा एक सय ७२ जनालाई कारबाही गरे प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयको निर्देशन एवम् जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको सक्रियतामा माक्स नलगाई हिड्नेलाई कारवाही गर्ने अभियान अनुरुप उनीहरु कारबाहीमा परेका हुन् ।

माक्सको प्रयोग नगरी हिड्ने ती व्यक्तिहरुलाई प्रतिव्यक्ति एक सयका दरले जरिवाना गरी कोरोना भाईरस सम्बन्धि पुर्ण रुपमा जानकारी दिई एक पटकलाई सम्झाई बुझाई गरी छाडिएको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस ९कोभिड १९० विरुद्धको जनचेतना फैलाउदै रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारको निर्देशन बमोजिम जिल्लाबासीहरुलाई सचेतना कार्य थालेको छ ।

पछिल्लो समयमा उक्त कोरोना भाईरस अनपेक्षित रुपमा फैलिदै गएरको त्यसको प्रत्यक्ष असर समाजमा पर्ने हुँदा उक्त अवस्थालाई मध्यनजर गर्दै कोरोना रोकथामको लागि माक्स नलगाई हिडडुल गर्न रोक लगाइएको छ । प्रहरीले पैदल हिड्ने तथा सवारी साधनहरु चलाई हिड्ने व्यक्तिहरुलाई अनिवार्य रुपमा माक्स लगाएर मात्रै हिडडुल गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्