Logo

ओली–प्रचण्डबीचको छलफल निष्कर्ष बिहिन, भोलि फेरि भेट्ने



काठमाडौं, २३ असार । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई अध्यक्षबीचको छलफललाई जारी राख्ने सहमति भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले बताए।

‘दुई अध्यक्षबीच छलफल सकिएको छ। उहाँहरूबीच छलफल जारी रहन्छ’, उनले भने, ‘बुधबार पनि छलफल गर्ने र स्थायी कमिटी बैठक पनि बस्ने भएको छ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार दुई अध्यक्षबीचको छलफल सकारात्मक रहेको बताए। ‘छलफल कुनै निष्कर्षमा पुगेको छैन। छलफल सकारात्मक छ। यो कुराकानी कै निरन्तरता हो’,उनले भने। नेकपामा जारी विवादको सहमति खोज्नका लागि सोमबारको स्थायी कमिटी बैठक बुधबारसम्म स्थगित भएको थियो।

प्रतिक्रिया दिनुहोस्