Logo

सुनको भाउ प्रतितोला ९१ हजार ७ सय



काठमाडौं, १७ असार । बुधबार सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा पुगेर नयाँ रेकर्ड कायम गरेको छ। मंगलबार ९१ हजार २ सयमा कारोबार भएको सुन आज ५ सयले बढेर नयाँ रेकर्ड कायम भएको हो। यसअघि सबैभन्दा उच्च मूल्य प्रतितोला ९१ हजार ३ सयसम्म कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेर नेपालमा पनि त्यसको असर परेको हो।

प्रतिक्रिया दिनुहोस्