Logo

भारतमा ५९ वटा चिनियाँ एपमा प्रतिवन्ध



नयाँदिल्ली, १५ असार । भारतले टिकटकसहित ५९ वटा चिनियाँ एप प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

भारतीय सञ्चार मन्त्रालयले चर्चित चिनियाँ एप टिकटक, वीच्याट, शेयरइट, लाइकीलगायतका एप प्रतिबन्ध लगाएको हो ।

पूर्वी लद्दाखमा चिनियाँ सैनिकको आक्रमणमा २० भारतीय सैनिकको मृत्यु भएसागै चिनियाँ एप प्रतिबन्धको आवाज उठेको थियो । मन्त्रालयले भनेको छ– ‘भारतको सम्प्रभूता एवं एकता, सुरक्षा व्यवस्था नोक्सान हुने भएकाले प्रतिबन्ध गर्नुपरेको हो ।’ बीबीसीमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्