Logo

सरकारको निर्णयः साउन ७ सम्म खुकुलो लकडाउनको निरन्तरता



काठमाडौँ, १५ असार । सरकारले ७ साउनसम्म अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खुकुलो लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

सरकारले अन्तर्राष्ट्रिय सीमानाका र अन्तर्राष्ट्रिय उडान पनि साउन ७ गतेसम्म बन्द राख्ने निर्णय भएको बताइएको छ । सार्वजनिक यातायातका सवारी साधन तत्काल नखुल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्