Logo

नेपालमा थप ४७६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ हजार नाघ्यो



काठमाडौँ, १५ असार । नेपालमा आज (सोमवार) एकैपटक ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १३ हजार २४८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार आज भेटिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण २९ जनाको मृत्यु भएको छ ।

नेपालमा अहिलेसम्म ३ हजार १३४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । त्यसमध्ये २ हजार ८६६ पुरुष र २६६ जना महिला रहेका छन् । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या १२१ रहेको छ । पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेहरुमध्ये १३ जना महिला र १०८ जना पुरुष छन्। नेपालमा हिजो (सोमवार) एकैपटक ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्