Logo

नेपाल–चीनबीच सीमा विवाद छैनः परराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौँ, १५ असार । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–चीनबीच सीमासम्बन्धमा विवाद नरहेको स्पष्ट पारेका छन् । राष्ट्रियसभाको आजको बैठकमा विशेष समय लिएर उनले केही सञ्चारमाध्यमले नेपालको भू–भाग चीनले अतिक्रमण गरेको भन्ने ‘फेक न्यूज’ सम्प्रेषण गरेको भन्दै दुई देशको सम्बन्धलाई असर पर्ने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गरे ।

“नेपालका केही भ–ूभाग चीनले अतिक्रमण गर्यो भन्ने समाचार सार्वजनिक भयो, नेपालको भू–भाग चीनतर्फ पनि चारकिल्लामा सीमा अतिक्रमण गरेको भन्ने समाचार कसरी आयो ?”, मन्त्री ज्ञवालीले भने, “सो कल्ड प्रतिवेदन कस्ले कसरी बनायो, त्यसको बारेमा सरकारले अध्ययन गरिरहेको छ, गलत सूचनाले दिग्भ्रमित बनाउँछ, त्यस्तो काम नगरौँ ।”

मन्त्री ज्ञवालीले दुई देशको सुमधुर सम्बन्धमा असर पार्ने सम्वेदनशील समाचार प्रकाशन नगर्न र भ्रमपूर्ण समाचार नछाप्न आग्रह गर्दै नेपाल–चीनबीच सीमासम्बन्धी कुनै पनि समस्या नभएको स्पष्ट पारे ।

उनका अनुसार दुई देशबीच सीमासम्बन्धी शान्ति तथा मैत्री सन्धिमा संयुक्त रुपमा हस्ताक्षर भएको छ । हरेक १०÷१० वर्षमा सीमाको निरीक्षण गर्ने समेत सहमति भइरहेको जानकारी गराउँदै उहाँले तेस्रो पटकको सीमा निरीक्षणले सीमा सत्यता होस् भन्नका लागि भौगोलिक सीमा स्तम्भ राखिने निर्णय गरिएको बताए । पश्चिमतिर त्रिदेशीय विन्दुका विषयमा भने टुङ्ग्याउने तयारी भइरहेको उनले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्