Logo

प्रदेश १ मा २१ प्रतिशत धान रोपाइँ सम्पन्न



r}t] wfgsf] /f]kfOF emfkfsf] nvgk’/ –% u]pl/ofsf dlxnfn] r}t] wfg /f]kfOF ub]{ . s[ifsn] ljB’tLo df]6/dfkm{t kfgL tfg]/ o; If]qdf r}t] wfg v]tL ub]{ cfPsf 5g . tl:a/ M o1/fh cfªb]Da], /f;;

मोरङ, १५ असार । मनसुनको सक्रियतासँगै प्रदेश नं– १ मा अहिले सम्ममा २१ प्रतिशत धान रोपाइँ भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ । ‘मौसम अनुकूल छ, वर्षा भइरहेको छ, किसानको खेत र बीउ तयार अवस्थामा रहेकोले एक साताभित्रै रोपाइँको प्रतिशत उल्लेखीय वृद्धि हुनेछ’ निर्देशनालयका निमित्त निर्देशक प्रकाश डाँगीले भने । यस प्रदेशमा अहिलेसम्म ३७ प्रतिशत मात्र सिँचाइ सुविधा पुगेको छ । सिँचाइ सुविधा नभएका क्षेत्रका किसानले कुलोपैनी, वर्षा, बोरिङको भरमा खेती गर्ने गरेका छन् ।

यस प्रदेशमा तीन लाख ४० हजार ८२९ धान लगाउने क्षेत्रफलमा गत वर्ष एक लाख ९३ हजार ३९८ हेक्टरमा धान लगाइएको थियो । समग्रमा गएको वर्षमा यस प्रदेशमा ५६ दशमलव ७४ प्रतिशत रोपाइँ भएको थियो । वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिम्सिनाले मनसुनको सक्रियता बढ्दा किसानको अनुहार हसिलो हुने र रोपाइँ पनि समयमै गर्न सकिने भएकोले उत्पादनमा पनि वृद्धि हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्