Logo

सुनको भाउ ९१ हजार ३ सय



काठमाडौँ, १४ असार । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । सुन तोलाकै ९१ हजार ३ सय रुपैयाँ पर्ने भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आइतबारका लागि सुनको भाउ प्रतितोला ९१ हजार ३ सय कायम गरेको छ ।

यो हालसम्मकै उच्च भाउ हो । गत शुक्रबारको तुलनामा तोलामा ७ सय रुपैयाँले बढेको हो । शुक्रबार तोलाको ९० हजार ६ सयमा कारोबार भएको थियो । गत बुधबार सुनको भाउ ९१ हजार १ सयमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुनको भाउ पनि ९० हजार ८ सय ६० तोकिएको छ । शुक्रबार ९० हजार १ सय ६० तोकिएको थियो । चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर ९ सय ४५ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्