Logo

भुपु–प्रवीषाको ‘मायालु’ (भिडियोसहित)



काठमाडौँ, १३ असार । गायक भुपु पाण्डे र गायिका प्रवीषा अधिकारीको स्वरमा ‘मायालु’ बोलको गीत रिलिज भएको छ ।

बिहीबार राजेश अर्यालको अफिसियल युट्युबटबाट गीतको म्युजिक भिडियो रिलिज गरिएको हो । ‘मायालु’का संगीतकार गायक पाण्डेनै हुन् । आफ्ना हरेक गीतहरूमा नयाँ प्रयोग गर्दै आएका गायक पाण्डेले निकै फरक शैलीको गीत बनाएको बताएका छन् ।

आधुनिक, सास्त्रीय संगीत र लोक फलेभर मिसिएको गीतका शब्द पनि निकै राम्रो रहेको पाण्डेले बताए । उनले भने, ‘राजेश अर्यालले लेख्नुभएको शब्द राम्रा छन् । संगीत, स्वर र म्युजिक भिडियो सबै कुरालाई हाम्रो टिमले न्याय गरेका छौँ जस्तो लागेको छ ।’

गीतका शब्द राजेश अर्यालले लेखेका हुन् । रचनाकार अमेरिकामा बस्दै आएका छन् । म्युजिक भिडियोको निर्देशन मोडल समेत रहेका सुनिल क्षेत्रीले गरेका छन् । क्षेत्रीले गीतका भावअनुसार आफूले निर्देशन गरेको बताए । क्षेत्री र वीना राउतको जोडीलाई म्युजिक भिडियोमा रोमान्स गरेको देख्न पाइन्छ ।

मोडल क्षेत्री युवापुस्तामा पछिल्लो समय लोकप्रिय छन् । उनले निर्देशन गरेका र अभिनय रहेका म्युजिक भिडियोहरू युट्युबमा निकै रुचाइएकामा पर्छन् । अमृत चापागाइँको सम्पादन, नवराज उप्रेतीको छायाँकनमा निर्माण भएको ‘मायालु’लाई ‘द पीक’मा रेकर्ड गरिएको थियो । भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्