Logo

जोगबनी नाकाबाट दुई लाख भारतीय रुपैयाँसहित महिला पक्राउ



विराटनगर, १२ असार । विराटनगर जोगबनी नाकाबाट भारतीय रु. २ लाखसहित एक जना महिला पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर १५ स्थित रानीबाट उनलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा विराटनगर–१७ बस्ने २५ वर्षीया कोरेसा खातुन रहेको प्रहरीको भनाइ छ । उनको साथबाट रु. ५०० दरको भारतीय नोट ४०० थान गरी, जम्मा दुई लाख रुपैयाँ बरामद भएको हो । खातुनलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्