Logo

‘ए मेरो हजुर ४’दशैंमा रिलिज नहुने



काठमाडौं, १२ असार । फिल्म ‘ए मेरो हजुर ४’को रिलिज सर्ने भएको छ । निर्माण घोषणा समयमा आगामी दशैंमा रिलिज हुने बताइएको फिल्म कोरोनाको कारण छायाँकनमै रोकिएको कारण रिलिज सर्ने भएको हो ।

अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको रोमान्स रहेको ‘ए मेरो हजुर ४’को काम नसकिएकोले दशैंमा रिलिज हुन नसक्ने देखिएको हो । छायाँकन नसकिएको र चलचित्र घर पनि नखुलेको अवस्थामा फिल्मको रिलिज दशैंमा हुन्छ भनेर अहिले नै निर्णय लिन नसकिने निर्माता सुनिलकुमार थापाले बताए ।

फिल्मको अहिले ३० प्रतिशत मात्र छायाँकन सकिएको छ । फिल्मको छायाँकन चलिरहेको समयमा लकडाउन भएपछि काम रोकिएको हो । अझै फिल्मको छायाँकन कहिलेदेखि सुरु हुने निर्माण टिम नै अन्योलमा रहेको छ । झरना थापाको निर्देशन रहने फिल्ममा अनमोल र सुहानाको अलवा सलोन बस्नेतको पनि मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्