Logo

भारतबाट आएकालाई राख्न भोजपुरमा क्वारेन्टाइन स्थापना



भोजपुर, २० जेठ । भाेजपुर जिल्लामा भारतीय सीमाबाट उद्धार गरिएका नागरिकलाई राख्न क्वरेन्टाइन बनाइएको छ ।

क्वारेन्टाइनमा ११५ जना राख्न सकिनेछ । रोजगारीको सिलसिलामा भारतमा रहेका जिल्लावासीलाई ल्याएर राख्नका लागि व्यवस्थित रुपले क्वरेन्टाइन बनाइएको छ ।

पहिलो चरणमा भैरहवाको सुनौली नाकाबाट साल्पासिलिछो गाउँपालिकाका ७ जना, षडानन्द नगरपालिकाका ६ जना, झापाको काकाडभिट्टा नाकास्थित पौवादुङमा गाउँपालिका, अरुण गाउँपालिका, आमचोक गाउँपालिकाका लगायतका ४० जनालाई ल्याएर अरुण गाउँपालिकाको रानीटारमा रहेको होल्डिङ एरियाको क्वरेन्टीनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्