Logo

ताप्लेजुङलाई सङ्घीय बजेट साढे दुई अर्व बढी



ताप्लेजुङ, १९ जेठ । ताप्लेजुङका लागि सङ्घीय सरकारबाट साढे दुई अर्व बजेट विनियोजन भएको छ । आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि नौ वटा स्थानीय तह रहेको जिल्लालाई कुल दुई अर्व ६३ करोड ३१ लाख रुपियाँ विनियोजन भएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले गएको बिहीबार प्रस्तुत गरेको बजेट भाषणअनुसार आगामी आर्थिक वर्षका लागि ताप्लेजुङलाई समानीकरण अनुदान, सशर्त, विशेष र समपुरक अनुदानको बजेट भएको बताइएको छ । उक्त बजेटमध्ये सबैभन्दा बढी फुङ्लिङ नगरपालिकालाई ४४ करोड ११ लाख र कम मिक्वाखोला गाउँपालिकालाई २१ करोड रुपियाँ विनियोजन भएको छ ।

यस्तै सिरिजङ्घा गाउँपालिकालाई ३३ करोड ८२ लाख, आठराई त्रिबेणी गाउँपालिकालाई २८ कँ्ड ५८ लाख, सिदिङ्वा गाउँपालिकालाई २७ करोड ३२ लाख रुपियाँ विनियोजन भएको छ ।

फक्ताङ्लुङ गाउँपालिकालाई २७ करोड ५३ लाख, मेरिङ्देन गाउँपालिकालाई २७ करोड ४२ लाख, मैवाखोला गाउँपालिकालाई २४ करोड २६ लाख र पाथीभरा याङ्वरक गाउँपालिकालाई २९ करोड २७ लाख रुपियाँ विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्