Logo

कलाकार जयनन्द चन्द ठकुरीको निधन



काठमाडौँ, १८ जेठ । वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको आइतबार निधन भएको छ ।

ललितपुरको कुसुन्तीमा छोरी ज्वाँईसँगै बस्दै आएका ठकुरी लामो समयदेखि प्यारालाइसिस, ब्लड प्रेसर, सुगर जस्ता रोगबाट पीडित थिए ।

नेपाली फिल्म ‘जीवन रेखा’ बाट अभिनय यात्रा शुरु गरेका ठकुरीले थुप्रै टेलिसिरियल र म्युजिक भिडियोमा समेत अभिनय गरेका थिए ।

‘विश्वास’, ‘भाग्यरेखा’, ‘फेरि भेटौँला’, ‘मायालु’, ‘युद्ध’ लगायतका थुप्रै फिल्ममा उनले चरित्र अभिनेताको भूमिका निर्वाह गरेका थिए ।

भारतीय फिल्म ‘पञ्चवटी’ मा समेत अभिनय गरेका चन्द ठकुरी पछिल्लो पटक नेपाली फिल्म “भागी नजाऊ” मा देखिएका थिए ।

प्यारालाइसिस भएपछि उनी अभिनयबाट टाढिएका थिए । ठकुरीको आजै (आइतबार) पशुपति आर्यघाटको विद्युतीय शव गृहमा दाहसँस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्