Logo

दाङमा एक युवा मृत फेला, हत्याको आशंका



दाङ, १७ जेठ । दाङको तुलसीपुरमा एक युवा मृत फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं ९ दोघरेमा डेरा गरी बस्ने २९ वर्षीय मन्दिप भुजेलको शव शनिवार बिहान फेला परेको हो।

दाङका प्रहरी प्रवक्ता सुमति खड्काले टाउकोमा गहिरो चोट रहेको अवस्थामा भुजेल तुलसीपुर ५ बसपार्क संगित नगर टोलमा मृत भेटिएको जानकारी दिए।

डिएसपी खड्काका अनुसार भुजेल शुक्रबार बेलुका ७ बजेतिर डेराबाट निस्केका थिए। उनी तुलसीपुरको अटो ग्यारेजमा काम गर्ने व्यक्ति रहेको प्रहरीले बताएको छ।

भुजेलको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ८ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता चक्रडम्मर पालले अनुसन्धानका लागि ८ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए। ‘हामी भुजेल हत्याको नजिक पुगेका छौं,’ प्रहरी निरीक्षक पालले भने।

प्रतिक्रिया दिनुहोस्