Logo

नेपालमा कोरोना संक्रमित एक हजार ४०१ पुगे, २१९ जना निको



काठमाडौँ, १७ जेठ । नेपालमा आज (शनिवार) एकैपटक १८९जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या एक हजार  ४०१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया बिफ्रिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज नेपालमा एकैपटक १८९ जनालाई संक्रमण भएको जानकारी दिए । नयाँ थपिएकामा १ सय ८५ पुरुष र ४ जना महिला रहेका छन् ।

जसमा कपिलवस्तुमा १०९, सर्लाहीमा १७, दैलेखमा १४, सिरहामा ११, सप्तरीमा ९, धनुषामा ७, रौटहटमा ६, दाङमा ५ महोत्तरीमा ४, पर्सामा २, संखुवासभामा २, झापा, ललितपुर र बारामा एक/एकजनामा संक्रमण देखिएको हो ।

प्रादेशिक हिाबले प्रदेश १ मा १ सय ६० जना, प्रदेश २ मा ५ सय ४७ जना, बाग्मती प्रदेशमा ४५ जना, गण्डकी प्रदेशमा २० जना, प्रदेश ५ मा ५ सय ४७ जना, कर्णाली प्रदेशमा ६१ जना र सुदुरपश्चिम प्रदेशमा २१ जना संक्रमित उपचारका क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अहिलेसम्म पीसीआर विधिबाट ६६ हजार सात सय २९ र आरडीटी विधिबाट एक लाख ७ हजार ५५ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार पाँच सय ७५ र आरडीटी विधिबाट एक हजार पाँच सय ७७ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म एक हजार एक सय ७६ आइसोलेसनमा छन् । देशभरका ५३ जिल्ला कोरोनाबाट प्रभावित बन्न पुगेका छन् । कुल संक्रमित मध्ये ६ जनाको मृत्यु भईसकेको छ ।

यो संगै हालसम्म देशभर गरी २ सय १९ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । जसमा १ सय ७२ जना पुरुष र ४७ महिला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्