Logo

कोरोनाले फैलिएको भिडियो कन्फ्रेन्सिङ प्लेटफर्म ‘जुम’



काठमाडौँ, ११ जेठ । जुम भिडियो कन्फ्रेन्सिङ सफ्टवेयर एप हो । जुम कम्पनीको स्थापना भएको लगभग एक दशकपछि मात्र संसारभर सर्वसाधारण माझमा पुगेको छ । प्रारम्भमा जुम अन्तर्राष्ट्रिय तथा टाढाका व्यक्तिसँग भर्चुअल मिटिङ गर्ने उद्देश्यले यसको प्रयोग भएको हो ।

भिडियो कन्फ्रेन्सिङ प्लेटफर्मका रुपमामात्र रहेको जुमको प्रयोग व्यावसायिक क्षेत्र र सिमित देशमा मात्र थियो । तर, अहिले जुमको प्रयोग व्यापक भइरहेको छ । जसले प्रयोग गरेका छैनन्, तीनले पनि जुमका बारेमा सुनेका छन् ।

सन् २०११ बट सुरु भएको जुमको सन् २०१९ सम्म सामान्य प्रयोग हुने गरेको थियो । सन् २०१९ को अन्तिममा चीनको बुहानबाट सुरु भएर कोरोना भाइरस (कोभिड १९)ले महामारीको रुप लिएपछि जुमले असाधारण एक्स्पोजर पाएको छ । कोभिड १९ को संक्रमण बढ्दै जाँदा लकडाउन घोषणा भयो ।

लकडाउन नभएका देशमा पनि सरकारले भौतिक दुरी कायम गर्ने निर्देशन र आदेशहरु जरी गर्यो । जसका कारण मानिस घरमै बसेर मिटिङ र कन्फ्रेन्समा सहभागी हुने विकल्प खोज्न थाले । त्यसका लागि जुमको व्यापक प्रयोग भएको हो । भर्चुअल मिटिङ, कन्फ्रेन्समा मात्र होइन, शैक्षिक संस्था बन्द भएकाले जुमको प्रयोगबाट शैक्षिक सिकाइ पनि हुन थालेको छ ।

संसारभर जुमका प्रयोगकर्ता दिनप्रतिदिन बढीरहेका छन् । अझ भनौ यसको ट्राफिकमा प्रत्येक दिन नयाँ रेकर्ड कायम भइरहेको छ । सन् २०१९ को डिसेम्बरमा जुमका दैनिक प्रयोगकर्ता दैनिक १ करोड थिए भने सन् २०२० को पछिल्लो चार महिनामा दैनिक ३० करोड पुगेको कम्पनीले दाबी गरेको छ ।

जुमको विकासमा एरिकको कथा
भिडियो कन्फ्रेन्स कम्पनी जुमका संस्थापक तथा प्रमुख कार्यकारी एरिक युआन हुन् । उनी चिनियाँ मूलका व्यक्ति हुन् । उनले जुमको स्थापना गर्नुमा आफ्नै खाले दुखः र रमाइलो कथा छ । एरिकले एक अन्तर्वार्तामा जुम कसरी स्थापना भयो भन्ने रमाइलो कथा सुनाएका छन् । एरिकले चीनमा ईन्जिनियरिङ अध्ययन गरेका समयमा प्रेमिकालाई भेट्न १० घण्टाको रेल यात्रा गर्नु पर्दथ्यो । उनले विना यात्रा भेट्न पाइयोस भन्ने कल्पना गर्दथे ।

चीनमा ईन्जिनियरिङ सकेका एरिकले चार वर्ष जापानमा काम गरे । जापान जानु अघि उनले अमेरिका जान आठ पटक आवेदन गरे । तर उनको भिषा लागेन । अन्ततः उनी काम गर्न जापान पुगे । सन् १९९७ मा २७ वर्षको उमेरमा उनी अमेरिकाको क्यालिफोर्निया राज्यको सिलिकन भ्यालीमा प्रवेश पाए । जहाँ उनले सिस्को सिस्टममा प्रोग्रामरको रुपमा काम गरे ।

सन् २९११ म एरिकले सिस्को कम्पनीलाई भिडियो कन्फेन्सको कन्सेप्ट प्रस्तुत गरे । तर, कम्पनीले उनको आइडिया खारेज गरिदियो । उनले सिस्कोबाट राजीनामा दिए । र, उनले प्रेमिका भेट्दाको लामो यात्राको कल्पनालाई साकार दिन लागे । एरिकले आफ्नो परिवार र साथीबाट सापटी लिएर कम्पनीको सुरुवात गरेका हुन् ।

स्मार्ट फोन र क्लाउड स्टोरेज कम्पनीको विस्तारले जुम जस्तो प्रजेक्टका लागि अनुकुल समय बनाएको थियो । सन् १९१९ सम्म संघर्ष गरिरहेको जुम सन् २०२० को प्रारम्भसँगै सरफलताको शिखरमा पुग्यो ।

जुम भन्दा अघि भिडियो कन्फ्रेसिङ एप नभएका होइनन् । माइक्रोसफ्ट टिम्स र गुगल मिट जस्ता कम्पनी सक्रिय थिए । तर, यति हुँदा हुँदै पनि जुमले जवरजस्त प्रदर्शन गरेको छ । प्रविधिका जानकारका अनुसार जुमको सफलताको पछि यो चलाउन सजिलो हुन्, यसमा युजर्स रजिस्ट्रर गर्नु नपर्ने, एक मिटिङमा सय जनासम्मले ४० मिनेट निशुल्क प्रयोग गर्न पाउँछन् । ४० मिनेट भन्दा बढी र त्यो भन्दा धेरै संख्याका लागि भने शुल्क तिर्नु पर्दछ । जुमको आम्दानीको मूल स्रोतनै यहि शुल्क हो ।

विजेनेश मिटिङका लागि तयार गरिएको जुमको अहिले व्यापक प्रयोग हुन थालेपछि यसमा सुरक्षा चनौती थपिएका छन् । जुमको लोकप्रियता शिखरमा चड्दै गरेका समयमा ह्याकर प्रवेश गरी भिडियो कन्फ्रेन्स चलिरहेको समयमा पोर्नग्राफी भिडियो प्रसारण गरिदएपछि जुमको डाटा सेकुरिटीका सम्बन्धमा प्रश्न उठेको छ । जुमका संस्थापक एरिक उहानले साइवर सुरक्षाका लागि नयाँ कदम चालिएको प्रतिक्रिया दिएका छन् ।

जुम त्यो प्लेटम फइसकेको छैन, जहाँ ठूला राजनेताले भिडियो कन्फ्रन्स गरुन्, तर, आम मानिसका लागि भने जुम खराव विकल्प पनि होइन । सुरक्षाका कारण ठूलठूल कम्पनी वा नेता जुममा जोडिन जोखिम भएपनि आमनागरिक प्रतिदिन जोडिने क्रम बढ्दो छ । यसका संस्थापन एरिक उहान संसारका धनी व्यक्तिको सूचिमा दरिएका छन् ।

उनी लगभग ४ अर्बका मालिक रहेकोमा जुमको बढ्दो प्रयोगले सन् २०२० को पछिल्लो तीन महिनामा ४ अर्ब थपिएको छ । उनी लगभग ७ देखि ८ अर्बका मालिक भएको फोब्स म्यागेजिनले सार्वजनिक गरेको छ । (विभिन्न समाचार एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्