Logo

भारतबाट अलपत्र नेपाली आउँदा पूर्वी नाका उच्च जोखिममा



फायल तस्वीर

झापा, १० जेठ । मेचीनगर नगरपालिकाले भारतबाट काँकरभिट्टा नाका हुँदै नेपाली आउन थालेपछि पूर्वी नाका उच्च रहेको बताएको छ ।

मेचीनगरले शनिवार गरेको पत्रकार सम्मेलनमा नगरप्रमुख विमल आचार्य र उपप्रमुख मिना उप्रेतीले नेपाल–भारतको सीमा नाकाबाट काँकरभिट्टा आउने अलपत्र नेपालीहरुका कारण नगरबासी उच्च जोखिममा रहेको बताए ।

उनीहरुले कोरोना जाँच्ने अत्यावश्यक स्वास्थ्य सामग्री, क्वारेन्टाइनसहित गाडीको व्यवस्था गरिदिन एक नम्बर प्रदेश सरकार र कोरोना रोकथाम तथा समन्वय समिति झापालाई आग्रह गरेका छन् ।

काँकरभिट्टा नाकाबाट ४ दिनमै एक हजार नेपालीहरु नेपाल भित्रिसकेका छन् । शुक्रबार भित्रिएका मध्ये ६ महिलासहित १५ जनाको आरडीटी टेष्टमा पाजेटिभ आएको छ ।

नगरमा व्यवस्थित क्वारेन्टाइन नभएकाले पीसीआर लगायतका परिक्षणका लागि मेची बहुमुखी क्याम्पस भद्रपुर र यसअघि पनि केहि नेपालीहरुलाई दमकको क्वारेन्टाइनमा पठाइएको नगरपालिकाले जनाएको छ ।

भारतबाट नेपालीहरु आउने क्रम जारी छ । शनिवार मात्रै पनि मेचीपुलमा १५० भन्दाबढी नेपालीहरु आएर बसेको नगरपालिकाले जनाएको छ । कोरोना विरुद्धको लडाईमा नगरबासी तथा सञ्चारकर्मीहरु एकजुट भएर अघि बढ्न नगरप्रमुख आचार्यले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्