Logo

झापामा १ सहित थप ३६ जना संक्रमित थपिए, संख्या ५८४ पुग्यो



काठमाडौँ, १० जेठ । थप ३६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थप ३६ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका जनाएको छ । बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

बाँकेका संक्रमित सबै नरैनापुर गाउँपालिका हुन् । बैतडीको शिवनाथ गाउँपालिकामा, बर्दियाको बढैयाताल गाउँपालिकामा १ जना, झापाको झापा गाउँपालिकामा १ जना संक्रमित भेटिएका हुन् ।

कोरोना संक्रमण देखिने जिल्ला ४० पुगेको छ । मन्त्रालयका अनुसार आइसोलेसनमा ५०७ जना छन् । सातै प्रदेशका क्वारेन्टाइनमा ३२ हजार ५८७ जना रहेका छन् ।

हालसम्म ७० जना संक्रमित निको भएर घर फर्किएका छन् भने तीन जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्