Logo

समाजसेवामा अग्रसर हुँदै नम्रता श्रेष्ठ



काठमाडौँ, १० जेठ । नेपाली चलचित्र क्षेत्रकी एक चर्चित मोडेल र अभिनेत्री हुन् नम्रता श्रेष्ठ । आलोक नेम्वाङले निर्देशन गरेको चलचित्र ‘सानो संसार’ बाट नम्रताले नेपाली फिल्ममा डेब्यु गरेकी हुन् । उनी मोडेल तथा अभिनेत्री मात्र नभएर निमात्री र व्यवसायी पनि हुन् ।

हाल सामाजिक कार्यमा अग्रसर नम्रताले भर्खरै मात्र ‘हाम्रो सानो प्रयास’ अभियान अन्र्तगत ‘रक्षा नेपाल’लाई १५ दिनका लागि पुग्ने गरेर खाद्य र तरकारी दिएकी हुन् ।

उनले सानो संसार, मेरो एउटा साथी छ, छड्के लगायतको चलचित्रमा अभिनय गरेकी छन् । उनी नेपाली चलचित्र जगतमा आउनु भन्दा पहिले मोडलिङ तथा थिएटरमा सक्रिय थिइन् । उनले आफैले निर्माण गरेको फिल्म ‘जाइरा’ हो ।

प्रतिक्रिया दिनुहोस्