Logo

अमेरिकामा चर्चहरू खोलेर प्रार्थाना गर्न जरूरी छः ट्रम्प



काठमाडौं, १० जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको तत्काल चर्चहरू खोलेर प्रार्थाना जरूरी भएको बताएका छन् । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चर्चहरु बन्द गर्नुको सट्टा तुरुन्त खोल्नु पर्ने बताए । ‘अमेरिकामा धेरै प्रार्थना आवश्यक छ, थोरै होइन, उनले भने, ‘ तत्काल चर्चहरू सूचारू गरौँ ।’

अमेरिकामा कोरोना संक्रमणको महामारीसँगै चर्चहरुमा भेला हुन प्रतिबन्ध लगाइएका बेला ट्रम्पले यस्तो आह्वान गरेका हुन्। अमेरिकामा धेरै शक्ति राष्ट्रपतिमा केन्द्रित भए पनि चर्च खोल्न वा बन्द गराउन निर्देशन दिन सक्ने अधिकार राष्ट्रपतिमानिहित नभएको बताइन्छ । यसका लागि राष्ट्रपतिले राज्यपाललाई सहमत गराउनु पर्ने प्रावधान छ ।

ट्रम्प चर्च खोल्ने मात्र हैन लकडाउन नै हटाउने पक्षमा छन् । तर अरू सरोकारित निकायले लकडाउन खुकुलो पारिए महामारी अझ बढ्ने चेतावनी दिएपछि उनी हच्किदै आएका छन् ।अमेरिकामा कोरोनाबाट १६ लाखभन्दा बढी संक्रमित भएका छन् भने ९७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्