Logo

बाराका ६ सहित ९ थपिए, संक्रमित संख्या ५१६



काठमाडौँ, ९ जेठ । कोरोना संक्रकण थप ९ जनामा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ ।

मन्त्रालयका अनुसार शुक्रबार राति बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमित थपिएका छन् । बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ भने मकवानपुर र सप्तरीका एक एक जना पुरुष र भक्तपुरकी एक महिला संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्