Logo

कोरोनाबाट आमाको निधन भएपछि आइसोलेसनमा रहेका शिशुको डिस्चार्ज



काठमाडौँ, ९ जेठ । कोरोना भाइरसको संक्रमणबाट आमाको निधन भएपछि धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका १६ दिनका शिशु अस्पतालबाट डिस्चार्ज भएका छन्।

उनको दोस्रो पिसिआर रिपोर्ट पनि नेगेटिभ आएपछि शुक्रबार डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ। उनको पहिलो पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको थियो।

तर जन्डिस र शरीरमा बिबिरा देखिएपछि शिशुलाई थप उपचारको लागि अस्पतालमै भर्ना गरिएको थियो। अहिले शिशुमा जन्डिस र बिबिरा पनि निको भएको भन्दै डिस्चार्ज गर्न योग्य रहेको भन्दै अस्पतालले डिस्चार्ज गरेको हो।

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाको राम्चे घर भएकी २९ वर्षीया सुत्केरीको जेठ ३ गते कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो।

प्रतिक्रिया दिनुहोस्