Logo

कोरोना भाइरस: बाँकेका २१ जना संक्रमित निको भए घर फर्किए



नेपालगन्ज, ९ जेठ । बाँकेका २१ जना कोरोना संक्रमितहरु निको भएपछि अस्पतालबाट शुक्रबार ‘डिस्चार्ज’ भएका छन् ।

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका २१ जना डिस्चार्ज भएका हुन् । कोरोनालाई जितेर घर फर्किनेहरुमा जिल्लाकै पहिलो कोरोना संक्रमित नेपालगन्ज उपमहानगरपालिका–८ का ६० वर्षका धर्मगुरुसमेत छन् ।

‘आइसोलेसन’मा उपचार गराइरहेका २८ जनामध्ये २१ जनामा पछिल्लो २४ घन्टाभित्र दुईपटक गरिएको ‘पीसीआर टेस्ट नेगेटिभ’ आएपछि डिस्चार्ज गरिएको हो । आइसोलेसन अस्पतालका प्रमुख डा. प्रकाश थापाले बाँकी सातजनाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

कोरोना ‘पोजिटिभ’ देखिँदैमा आत्तिनुनपर्ने र मनोबल उच्च बनाएमा कोरोनालाई जित्न सकिने डा. थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्