Logo

सीमा विवाद तत्काल अन्तर्राष्ट्रियकरण गर्ने योजना छैन: सरकारका प्रवक्ता



काठमाडौँ, ९ जेठ । सरकारले भारतसँगको सीमा विवाद तत्काल अन्तर्राष्ट्रियकरण गर्ने योजना नरहेको बताएको छ।

अर्थ, सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले सीमा समस्या समाधान गर्न अहिले आपसी समझदारीबाटै अघि बढ्ने भन्दै अन्तर्राष्ट्रिय मञ्चहरुमा जाने विषयमा सरकारले कुनै सोच नबनाएको प्रष्ट पारेका हुन् ।

मन्त्री खतिवडा भने ‘हामीले नक्सा जारी गरेका छौं। त्योसँग सम्बन्धित विवाद हुने विषय अहिले नै अन्तर्राष्ट्रियकरण गर्नेबारे सोचेका छैनौं । ‘अहिले हामीले मित्र राष्ट्रसँग वार्ता गरेर समाधान खोज्ने हो। कूटनीतिक तवरबाट समाधान ननिस्किए त्यसपछि अरू के गर्ने भन्ने कुरा हुन्छ उनले भने।’

पछिल्लो समय कालापानी क्षेत्रलाई लिएर नेपाल-भारतबीच तीव्र मदभेद देखिएको छ।

प्रतिक्रिया दिनुहोस्