Logo

वीरगञ्जका वडाध्यक्षविरुद्ध १ लाख ७७ हजारको भ्रष्टाचार मुद्दा



काठमाडौँ, ९ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीगरन्ज महानगरपालिका १६ का वडाध्यक्ष श्यामबाबुप्रसाद चौरसियालाई १ लाख ७७ हजारको भ्रष्टाचार मुद्दा चलाएको छ ।आयोगले उनीसँगै जग्गा किनबेच गर्ने २ जनालाई पनि मुद्दा चलाएको छ ।

उनीहरुमाथि जहराती मिया धुनियाको ३३ लाख पर्ने जग्गालाई ७ लाखको थैली देखाएको, मिलेमतोमा गलत घरबाटो सिफारिस गरेर न्यूनतम मूल्याङ्कनभन्दा पनि कम मूल्य देखाएको आरोप गलाइएको छ ।

अयोगले चौरसियाविरुद्धमा ३ महिनादेखि ३ वर्षसम्मको कैद र १ लाख ७७ हजार जरिवानाको माग दावी गरि विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

जग्गाधनी मियाले जग्गा बेच्दा पुँजीगत लाभकर छल्न खोजेको भन्दै जग्गाको पुँजीगत लाभकर ८२ हजार रूपैँया बीगो कायम गरेको छ। उनलाई २ वर्षसम्म कैद र ८२ हजार नै जरिवाना तिराउन अख्तियारको माग छ । उनीबाट बीगो पनि जफत हुनुपर्ने अख्तियारको अभियोपत्रमा उल्लेख छ ।

जग्गा किन्ने गयन्ती देवीले रजिष्ट्रेसन शुल्क कम तिर्न दुवैसँग मिलेमतो गरेको भन्दै ९४ हजार बीगो कायम गरेको छ । उनलाई पनि बीगो जफत, बीगो जति नै जरिवाना र दुई वर्षसम्म कैद सजाय माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्