Logo

नेपालमा खेल गतिविधिहरु कहिले देखि सूचारु हुन्छ भन्न सकिन्न: मन्त्री विश्वकर्मा



काठमाडौं, ९ जेठ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले नोबेल कोरोना भाइरस (कोभिड १९) ले गर्दा रोकिएका खेल गतिविधिहरु कहिले देखि सूचारु हुन्छ भन्ने अहिले अनुमान गर्न नसकिने बताएका छन् ।

कोरोना भाइरसका कारण फागुन अन्तिम सातादेखि नेपालमा खेलकुद गतिविधि बन्द छन् । अन्तिममा रोकिएको शहीद स्मारक बी डिभिजन लिग हो । जुन चैत ५ गतेदेखि स्थगित भएको थियो । सुरुमा एक हप्ताका लागि अखिल नेपाल फुटबल संघ ९एन्फा० ले स्थगित गरेको थियो भने चैत ११ गतेदेखि देश नैलकडाउनमा गएपछि सबै गतिविधि बन्द छन् ।

लकडाउन गरेको दुई महिना पुग्नै लाग्दा नेपालमा कोरोनाको जोखिम झन बढ्दै गएको छ । तर, लकडाउनमै पनि अन्य मुलुकहरुले खेल गतिविधि सूचारुगरिसकेका छन् ।

यस्तो नेपाली खेलाडीहरुले खेलकुदका लागि नयाँ मापदण्ड बनाएर भएपनि खेलकुद गतिविधि सुरु गर्नु पर्ने माग गरिरहँदा युवा तथा खेलकुद मन्त्री विश्वकर्माले तत्काल यसबारे कुनै योजना नरेहको बताउँछन् । ‘अहिले हामीले तत्कालका अवस्थामा खेल गतिविधि सुचारु गर्न सकिने भन्ने छैन । तर, लकडाउन सकिएपछि वा कोरोनाको जोखिम कम हुँदै गयो भने व्यवस्थीत तरिकाले खेलकुद सुरु हुनेछ,’ मन्त्री विश्वकर्माले भने ।

कोरोना भाइरसका कारण लामो समय खेलगतिविधि नहुँदा यसले लामो समय असर गर्ने बारे छलफल भइरहेको र त्यसबाट उम्किने उपायको खोजि भइरहेको मन्त्री विश्वकर्माले भने । ‘कोरोना संक्रमणको महामारले सबै क्षेत्रलाई प्रत्यक्ष असर गरेको छ । खेलकुदका पनि सबै गतिविधि अवरुद्ध छन् । भाइरस कहिलेसम्म रोकिएला भन्ने आकंलन गर्न नसकिएको अवस्थामा भविष्यमा यसले असर गर्छ भन्ने हामीले अनुमान लगाउन सक्छौं,’ उनले भने, ‘त्यसलाई कसरी न्युनीकरण गर्ने भन्नेबारे छलफल भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्