Logo

सर्लाही र कपिलवस्तुसहित ३० संक्रमित थपिए, नेपालमा ४८७ पुगे



काठमाडौँ, ९ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार थप ३० जनामा संक्रमणको पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सर्लाहीमा सबैभन्दा बढी १५ जना संक्रमित रहेका छन् । १ जना महिला र १४ जना पुरुषमा संक्रमण देखिएको छ । यसैगरी कपिलवस्तुमा ८ जना पुरुष र १ जना महिला छन् । चितवनमा १ जना पुरुष र १ जना महिला छन् । नवलपरासीमा २ पुरुष र १ महिला छन् भने नवलपरासी पूर्वमा १ जना पुरुष छन् ।

प्रतिक्रिया दिनुहोस्